logo full 1

Kami Rita Sherpa climbs Everest for 26th time, breaks his own record

A team of 11 Nepali high-altitude climbing guides reached the summit of Mt Everest on Saturday evening, making it the first expedition of the spring in the world’s tallest peak.Kami Rita Sherpa climbs Everest for 26th time, breaks his own record

Kami Rita reached the summit at 18:55 [local time] as the leader of the rope fixing team, along with 10 other climbing sherpas.  Photo courtesy: Kami Rita Sherpa



https://tkpo.st/3KSavA2

धादिङमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

वैशाख ११,

धादिङ — पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिए । 

दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँग ठोक्किएपछि दुर्घटना भएको हो । नेपाल घुम्नका लागि गत वैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौं फर्कंदै थिए । सोमबार दिल्ली फर्कने टिकटसमेत फेला परेको प्रहरीले जनाएको छ ।